बुधबार, अशोज २, २०८१
  • होमपेज
  • राप्रपा अध्यक्ष कमल थापा र नेपाल कम्युनिष्ट पार्टीका नेत्रविक्रम चन्द ‘विप्लव’बीच आज भेटवार्ता
Breaking News

राप्रपा अध्यक्ष कमल थापा र नेपाल कम्युनिष्ट पार्टीका नेत्रविक्रम चन्द ‘विप्लव’बीच आज भेटवार्ता

८ साउन, काठमाडौं । राप्रपा अध्यक्ष कमल थापा र नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’बीच आज भेटवार्ता भएको छ ।
भेटमा केपी शर्मा ओली नेतृत्वको सरकारसँग भएको तीन बुँदे सहमति र समसामयिक विषयमा कुराकानी भएको राप्रपा अध्यक्ष थापाले जानकारी दिएका छन् ।
विप्लव नेतृत्वको माओवादीसँग सरकारले गरेको सहमति कार्यान्वयन हुनुपर्ने राप्रपाको धारणा रहेकोराप्रपा अध्यक्ष कमल थापाले उल्लेख गरेका छन् ।
यसअघि विप्लवले प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, एमाले वरिष्ठ नेता माधव कुमार नेपाल, नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र जसपा अध्यक्ष डा. बाबुराम भट्टराईसँग पनि छुट्टाछुट्टै भेटवार्ता गरेका सकेका छन् | ।

फेसबुक प्रतिक्रियाहरु