बुधबार, अशोज २, २०८१
  • होमपेज
  • राष्ट्रिय सभा बैठक पुस १७ मा बेलाउन राष्ट्रपतिसमक्ष सिफारिस
समाचार

राष्ट्रिय सभा बैठक पुस १७ मा बेलाउन राष्ट्रपतिसमक्ष सिफारिस

पुष ११,

काठमाडौं । सरकारले राष्ट्रिय सभाको बैठक आह्वानका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ। शुक्रबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय सभाको बैठक बोलाउन सिफारिस निर्णय गरेको हो।

नवनियुक्त मन्त्रीहरुसहित बसेको बैठकले पुस १७ गते राष्ट्रिय सभा अधिवेशन आह्वानका लागि सिफारिस गर्ने निर्णय गरेको नवनियुक्त श्रममन्त्री गौरीशंकर चौधरीले जानकारी दिए। संसदको वर्षे अधिवेशन गत असार १८ गते अन्त्य भएको थियो।

संवैधानिक व्यवस्थाअनुसार ६ महिनाभित्र अधिवेशन आह्वान भइसक्नुपर्छ। ६ महिना पूरा हुन एक दिन बाँकी रहँदा १७ गतेका लागि राष्ट्रिय सभा अधिवेशन बोलाउने गरी सिफारिस गरिएको हो।

संघीय संसदअन्तर्गत प्रतिनिधिसभा भने गत पुस ५ गते सरकारको सिफारिसमा राष्ट्रपति विद्या भण्डारीले विघटन गरिससकेकी छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार बेलुका मन्त्रिपरिषद् हेरफेर र विस्तार गरेपछि बसेको बैठकले राष्ट्रिय सभाको बैठक आह्वानका लागि सिफारिस गर्ने निर्णय गरेको हो।

फेसबुक प्रतिक्रियाहरु