पुष ०८,
रामेछाप । रामेछापबाट दुई जना नेकपाको केन्द्रीय महाधिवेशन आयोजना समितिमा चयन भएका छन् ।
मंगलबार केपी शर्मा ओली समूहको केन्द्रीय समितिको बैठकले समिति बिस्तार गर्दा रामेछापबाट एक जना पुरुष र एक महिला केन्द्रीय समितिमा चयन भएका हुन् ।
जसमा नेकपा बागमती प्रदेश कमिटीका सदस्य तुल प्रसाद कंडेल र मन्थली नगरपालिकाकी उपप्रमुख समेत रहेकी माया कुमारी कार्की केन्द्रीय सदस्यमा चयन भएका हुन् ।
ओली समूहले केन्द्रीय महाधिवेशन विस्तार गरी ११९९ जना पुर्याएको छ । थप ४ सय ४५ जना सदस्यीय समिति बिस्तार गरेको हो ।
ओलीले संसद बिघटन गरेर संविधानको उल्लङ्घन गरेको नेकपा रामेछापले प्रेस विज्ञप्ति जारी गर्दै आपत्ति जनाई सकेको छ ।
फेसबुक प्रतिक्रियाहरु