पुष ०३,
काठमाडौं । नेपाली कांग्रेसले शुक्रबार (आज) संसदीय दलको बैठक डाकेको छ । बैठक बिहान १० : ३० बजे संघीय संसद भवन, बानेश्वरस्थिर ल्होत्से हलमा बस्ने कांग्रेसका संसदीय दलको कार्यालयले जनाएको छ ।
बैठकमा सरकारले मंगलबार संवैधानिक परिषद्का अध्यक्ष र बहाल रहेका बहुमत सदस्यको उपस्थितिमा बैठक बोलाउन सक्ने गरी अध्यादेश ल्याएमाथि छलफल गरिने बुझिएको छ ।
त्यस्तै बैठकमा संसद अधिवेशन बैठक बोलाउन सरकारलाई दबाब, सरकार कामको समीक्षा, अध्यादेशको विरोध, जनजीवकको सवालमा सरकारको उदासीनताका विषयमा छलफल हुने प्रमुख सचेतक बालकृष्ण खाणलेलाई जानकारी दिए ।
फेसबुक प्रतिक्रियाहरु