बुधबार, अशोज २, २०८१
  • होमपेज
  • कोरोना संक्रमणबाट मलाई बचाएर डाक्टरहरुले पुनर्जीवन दिए- मीन विश्वकर्मा
समाचार

कोरोना संक्रमणबाट मलाई बचाएर डाक्टरहरुले पुनर्जीवन दिए- मीन विश्वकर्मा

पुष ०१,

काठमाडौं । नेपाली कांग्रेसका नेता एवं संसद मीन विश्वकर्माले आफुलाई कोरोना भाइरस संक्रमणले ग्रसित बनाउदा सबैको माया पाएकोले आफू खुसी भएको बताएका छन् । संक्रमित हुदाँ उपचारमा खटिने, चिन्त ब्यक्त गर्नेसबैलाई उनले धन्वाद दिएका छन् ।

बुधबारदेखि सामाजिक संजालमा देखिएका विश्कर्माले ग्रान्डी अस्पतालमा उपचाररत रहादा आफ्नो उपचार गर्ने डा. सुभाष आचार्यसहितको टिमले आफूलाई पुनर्जीवन दिएको महसुस गरेको उल्लेख गरेका छन् ।

त्यस्तै कांग्रेस सभापति शेर बहादुर देउबा, पार्टी पदाधिकारीहरु एबम केन्द्रीय सदस्यहरु,प्रमुख सचेतक, बालकृष्ण खाणको सक्रियता र योगदान अबिस्मरणिय रहेको भन्दै हृदयस्पर्सी भएको बताएका छन् ।

त्यस्तै आफ्नो स्वास्थ्य अवस्थाबारेमा चासो र चिन्ता ब्यक्त गर्दै प्रभावकारी उपचारका लागि कृयाशिल हुनु हुने सभामुख, संसदहरु, कानुन समिती सभापतीलगायत रास्ट्रपति,प्रधानमन्त्री, स्वास्थमन्त्री लगायतका मन्त्रीहरुलाई उनले विशेष आभार ब्यक्त गरेका छन् ।

उनी हाल पनि होमआइसोलेसनमा बसेका छन् । विश्वकर्मालाई गत कात्तिक १ गते कोरोना पुष्टि भएको थियो । उनी ३६ दिनपछि अस्पतालबाट डिस्चार्ज भएका थिए । अहिले स्वास्थ्यमा सुधारको चरणमा रहेको बताएका छन् ।

यस्तो मनछुने स्टाटस लेखे 

कोभिड -१९ बाट सन्क्रमित भइ पहिले कर्तिक ९ गते वीर अस्पताल र स्वास्थ अवस्था झन जटिल भए पछि ११ गते राती ग्रान्डी अस्पतालमा चिन्ताजनक अवस्थामा पुर्याईएको थियो ! डा. सुभाष आचार्यको प्रत्यक्ष एबम आत्मिय निगरानीमा उक्त अस्पतालका चिकित्सकहरुको समुह सङ्गै अति स्नेही सेवा गर्ने नर्शहरुले मलाई पुनर्जीवन दिएको महसुस गरेको छु !
उक्त सफल परिणामका लागि मुख्य अभिभावकको रुपमा अहोरात्र लागि पर्ने आदरणीय पार्टी सभापति शेर बहादुर देउबा, पार्टी पदाधिकारीहरु एबम केन्द्रीय सदस्यहरु,प्रमुख सचेतक मा. बालकृष्ण खाणको सक्रियता र योगदान अबिस्मरणिय मात्रै होइन हृदयस्पर्सी पनि भएको पाएको छु !
शुरुकै अबस्थामा देखि मेरो स्वास्थबारे चासो र चिन्ता ब्यक्त गर्दै प्रभावकारी उपचारका लागि कृयाशिल हुनु हुने सम्माननिय सभामुख, माननीय साम्सदहरु, कानुन समिती सभापती र सम्सदका महासचिव लगायत सबै कर्मचारी मित्रहरु प्रती हार्दिक आभार प्रकट गर्दछु !
मेरो स्वास्थ अवस्था जटिल बन्दै जादा माया र चिन्ताले दलित आन्दोलनका सहयात्री विभिन्न राजनैतिक सङगठन तथा नागरिक समाजका अग्रज नेताहरुले देखाएको अभुतपुर्व एकता, माया, सहयोग र सरकारलाई दिएको प्रभावकारि दवावले मलाई उद्देलित गराउदै थप हौसला बढाएको छ !
साथै जीवन र मृत्युको दोसाँधमा हुँदा नेपाल सरकार, महाममिम रास्ट्रपति,सम्माननीय प्रधानमन्त्री, मा. स्वास्थ मन्त्री लगायत मा. मन्त्रीहरु एबम माननीय सुभाष नेम्वाङले थप उपचारका लागि गर्नु भएको प्रयाश र योगदानले मलाई भावुक बनाएको छ!
म ग्रान्डी अस्पतालको आइ. सि. यु. र भेन्टिलेटरमा अचेत अबस्थामा मृत्यु सङग लडिरहदा मेरो स्वास्थ अवस्था बारे हरपल चासो राखी सन्चार माध्यमबाट सुचना प्रभाह गर्ने सबै प्रिय संचारकर्मी साथिहरु, मलाई बचाउन स्वदेश तथा बिदेशबाट भगवान सङग प्रार्थना गरि आस्था बमोजिम पुजा गर्ने सम्पुर्ण मेरा प्रिय साथीहरू, परिवार एबम आफन्तजन प्रती हार्दिक नमन गर्दछु !
अन्त्यमा, ३६ दिनको अस्पताल बसाई पछि घर आएको पनि आज १६ दिन भयो ! अझै लगातार बोल्न र हिड्न सकिरहेको छैन !
अत: लामो समय पछि आज देखि सामाजिक संजालमा उपस्थित भएको छु ! फोन कल होइन सन्देश लेख्न अनुरोध गर्दछु ! जय नेपाल !!

 

फेसबुक प्रतिक्रियाहरु