मंसिर २३,फाइल फोटो
काठमाडौं । आज बिहान सर्वदलिय बैठक बस्दै छ । प्रधानमन्त्री केपी शर्मा ओलीले बैठक डाकेका हुन् । प्रधानमन्त्री ओलीको सरकारी निवास बालुवाटारमा बिहान ११ बजे बस्ने गरी बैठक तय गरिएको प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।
बैठकमा समसामयिक राष्ट्रिय राजनीतिका विषयमा संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूकाे उपस्थिति रहने थापाले बताए । उनका अनुसार हाल देशका विभिन्न ठाउँमा भैरहेको राजतन्त्रको पक्षमा विरोद्धको बारेमा विशेष छलफल गरिने बताइएको छ ।
त्यस्तै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारले कोरोना भाइरस संक्रमण नियन्त्रणको लागि काम गर्न नसकेको लागाएत विषयमा छलफल गर्न एजेण्डा तयगरेको जनाएको छ । सोमबार यसै विषयमा कांग्रेसले आन्तरीक छलफल गरेको छ ।
फेसबुक प्रतिक्रियाहरु