बुधबार, अशोज २, २०८१
  • होमपेज
  • सभामुख सापकोटाद्वरा सिन्धुपाल्चोकका बाढी पीडितलाई सहयोग उपलब्ध गराउन छलफल
समाचार

सभामुख सापकोटाद्वरा सिन्धुपाल्चोकका बाढी पीडितलाई सहयोग उपलब्ध गराउन छलफल

मंसिर ११,

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले बुधबार गृह जिल्ला सिन्धुपाल्चोकको चौतारामा स्थानीय तहका प्रमुखहरुसँग विपद्पछि जिल्लाको समग्र अवस्था, विकास निर्माणको स्थिति लगायतका विषयमा छलफल गरेका छन् ।

छलफल विपद् पछि भए गरेका क्रियाकलाप र जिल्लाको समग्र विकास निर्माणका विषयमा केन्द्रीत भएको बताइएको छ । सभामुख सापकोटाले स्थानीय तहका प्रमुखहरुसँग आगामी दिनमा स्थानीय पूर्वाधार विकासका क्षेत्रमा लिनुपर्ने पहलका विषयमा राय, परामर्श समेत लिएका छन् ।

छलफलमा जिल्ला समन्वय समितिका प्रमुख, उपप्रमुखको पनि उपस्थिति रहेको थियो ।

सिन्धुपाल्चोकमा २०७७ साल असार २५ को बुल्कुटे–खागदल बाढी पहिरो, ३० साउनको लिदी पहिरो र सो पहिरोका कारण विस्थापित भइ बाँसखर्कमा अस्थायी स्थानान्तरण भएकाहरुको अबस्था, भदौ २७ गते रातिको नागपुजे पहिरो र सो पहिरोले विस्थापित भएकाहरुको अबस्था र विस्थापितहरुका लागि आवश्यक सहयोग उपलब्ध गराउने विषयमा छलफल केन्द्रीत रहेको थियो ।

फेसबुक प्रतिक्रियाहरु