बिहिबार, मंसिर ६, २०८१
  • होमपेज
  • १४ विद्या र १६ कलाको रहस्यमयी ज्ञान
शिक्षा

१४ विद्या र १६ कलाको रहस्यमयी ज्ञान

विद्या र कलामा अन्तर हुन्छ । विद्या दुई प्रकारको हुन्छ–अपरा र अपरा विद्या । यस अन्र्तगत पनि केही प्रकारका विद्या हुन्छ । ठीक यसैगरी कला पनि दुई प्रकारको हुन्छ । पहिलो सांसारिक कला र अर्को आध्यत्मिक मला ।

विद्या

हिन्दु धर्मग्रन्थमा दुई किसिमको विद्याबारे उल्लेख गरिएको छ, परा र अपरा । यो परा र अपरा नै लौकिक र पारलौकिक भनिन्छ । संसारमा केही यस्ता सन्त वा जादुगर छन्, जसले यी विद्यालाई कुनै न कुनै रुपमा बुझेका हुन्छन् । यही विद्याको आधारमा उनीहरुले भूत र भविष्यका बारेमा वर्णन गरेको पाइन्छ ।

शिक्षा, कल्प, व्याकरण, छन्द, नक्षत्र, वास्तु, आयुर्वेद, वेद, कर्मकाण्ड, ज्योतिष, सामुन्द्रिक शासत्र, हस्तरेखा, धनुर्विधा आदि यी सबै परा विद्या हुन् । तर, प्राणविद्या, त्राटक, सम्मोहन, जादू, इन्द्रजाल, तन्त्र, मन्त्र, सुक्ष्म शरीरबाट बाहिर निस्कनु, पूर्वजन्मको आभाष हुनु, अन्र्तध्यान हुनु, अष्टसिद्धी पाउनु अपरा विद्या हुन् । यद्यपि १४ विद्या मूख्य मानिन्छ ।

कला

कला पनि दुई प्रकारका हुन्छन्, सांसरिक र आध्यत्मिक । सांसारिक अर्थात नाटक, गीत, संगीत, चित्रकला, मूर्तिकला, पाककला, साहित्य, नृत्य, गरगहना डिजाइन आदि । शास्त्रमा ६४ प्रकारको कलाबारे उल्लेख छ ।

अध्यात्मिक कला

अध्यात्मिक कला मूख्यत : १६ छ । उपनिषद अनुसार १६ कलाले युक्त व्यक्ति ईश्वरतुल्य हुन्छन् । १६ कला खासमा बोध प्राप्त आत्माको भिन्न भिन्नै स्थिति हो । बोध अर्थात चेतना, आत्मज्ञान र जागरणको अवस्था वा होशको स्तर । जुन प्रणलीमा जति चेतना शक्ति अभिव्यक्त हुन्छ उत्तिनै उनको कला मानिन्छ ।

१. बोटबिरुवामा एक वा दुई कला हुन्छ । रुखलाई सुख र दुःखको आभाष त हुन्छ तर उनमा बुद्धि सुप्त हुन्छ ।

२. पशुपंक्षीमा दुईदेखि चार कला हुन्छ, किनभने उनीहरुले बुद्धिको पनि प्रयोग गर्न सक्छन् ।

३. साधारण मान्छेमा पाँच कला र सभ्य तथा संस्कृतियुक्त मान्छेमा ६ कलाको अभिव्यक्ती हुन्छ ।

४. जुन मानिस विशेष प्रतिभाले विशिष्ठ पुरुष हुन्छ, उनमा भगवानको तजांशको सात कला अभिव्यक्त हुन्छ । त्यसपछि ८ कलाले युक्त महामानव ऋषि, मुनी, सन्त र महापुरुष हुन्छ ।

५. मनुष्यको देहले ८ कलाभन्दा बढी तेज सहन सक्दैन । ९ कला धारण गर्नका लागि दिव्य देहको आवश्यक्ता हुन्छ, जस्तो सप्तर्षिगण, मनु, देवता, प्रजापति, लोकपाल आदि ।

६. यसपछि १० वा त्यो भन्दा बढी कलाको अभिव्यक्ति केवल भगवानको अवतारमा मात्र अभिव्यक्त हुन्छ भनिएको छ ।

७. भगवान राम १२ कलाले, भगवान श्रीकृष्ण १६ कलाले युक्त भएको मानिन्छ । यो चेतनाको सर्वोच्व स्तर मानिन्छ ।

आखिर के हो १६ कला ?

उपनिषदका अनुसार कुमति, सुमति, विक्षित, मूढ, क्षित, मूच्र्छित, जाग्रत, चैतन्य, अचेत आदि मनको अवस्था हो । मनुष्य मन तीन अवस्था ? प्रत्येक व्यक्तिलाई आफ्नो तीन अवस्थाको बोध हुन्छ, जाग्रत, स्वप्न र सुषुप्त । के तपाईं यी तीन अवस्थाबाहेक अरु चौथो अवस्थाको बारेमा जान्नुहुन्छ ? जगत तीन स्तरको हुन्छ ।

स्थुल जगत, जसको अनुभूति जाग्रत अवस्थामा हुन्छ ।

सुक्ष्म जगत, जसको स्वप्नमा अनुभव हुन्छ ।

कारण जगत, जसको अनुभूति सुषुप्तिमा हुन्छ ।

यी तीन अवस्थाभन्दा अगाडि सोह्र कलाको अर्थ सम्पूर्ण बोधपूर्ण ज्ञानबाट हुन्छ । मान्छेले स्वयम्लाई तीन अवस्थाभन्दा अगाडि कुनै जान्ने वा बुझ्ने प्रयास गरेको पाइदैन । प्रत्येक मान्छेमा यी १६ कला सुप्त अवस्थामा हुन्छ । अर्थात यसको अनुभूत यर्थाथ ज्ञानको सोह्र अवस्थामा हुन्छ । यी सोह्र कलाको नाम अलग अलग ग्रन्थमा अलग अलग पाइन्छ ।

वेद र योगमा

अन्नमय, प्राणमय, मनोमया, विज्ञानमया, आनन्दमया, अतिशयिनी, विपरिनाभिमी, संक्रमिनी, प्रभावि, कुन्थिनी, विकासिनी, मर्यदिनी, सन्हालादिनी, अल्हादिनी, परिपूर्ण र स्वरुपवस्थित ।

अन्य ग्रन्थमा

श्री, भू, किर्ति, इला, लीला, कान्ति, विद्याल, विमला, उत्कर्शिनी, ज्ञान, क्रिया, योग, प्रहवि, सत्य, इसना र अनुग्रह ।

कतिपयमा यस्तो पाइन्छ । प्राण, श्रधा, आकाश, वायु, तेज, जल, पृथ्वी, इन्द्रिय, मन, अन्न, वीर्य, तप, मन्त्र, कर्म, लोक र नाम ।

१९ अवस्था

भागवत गीतामा भगवान श्रीकृष्णले आत्म तत्व प्राप्त योगीको बोध १९ स्थितिको बारे उल्लेख गरेको छ ।

वेबदुनियाँबाट 

फेसबुक प्रतिक्रियाहरु