जुनेली न्युज,०८ साउन काठमाडौँ |
नेपालमा पछिल्लो २४ घण्टा भित्र ३४७ जनामा कोरोनाको संक्रमण देखिएको छ |
३ हजार ८८८ को नमुना परीक्षण गरिएकोमा पिसिआर विधिबाट ३०३ र एन्टिजेन विधिमार्फत् ४४ मा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो |
पछिल्लो २४ घण्टामा कोरोना संक्रमणकै कारण दुईजनाको मृत्यु भएको छ |
यससँगै नेपालमा कोरोनाको सक्रिय संक्रमित हरुको संख्या ३ हजार १७७ पुगेका छन् | सो अवधिमा ९५ जना डिस्चार्ज पनि भएका छन् |
फेसबुक प्रतिक्रियाहरु