बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • उपसभामुखमा नेपाली काँग्रेसकी पुष्पा भुसाल र एमालेकी सांसद विद्या भट्टराईको मात्र उम्मेदवारी
समाचार

उपसभामुखमा नेपाली काँग्रेसकी पुष्पा भुसाल र एमालेकी सांसद विद्या भट्टराईको मात्र उम्मेदवारी

जुनेली न्युज, ३० असार काठमाडौँ |

 

प्रतिनिधि सभाको रिक्त उपसभामुख पदको शुक्रबार हुने चुनावमा कांग्रेस र एमाले तर्फका  उम्मेदवार भिड्ने भएका छन् |

संघीय संसद सचिवालयका अनुसार निर्धरित समयसिमा  भित्र दुई जना उम्मेदवारले मात्र मनोनयन दर्ता गराएका हुन् |

 

भट्टराई प्रतिनिधि सभा उपनिर्वाचनमा कास्की-२ क्षेत्रबाट निर्वाचित एमाले सांसद हुन् | उनले शान्ता चौधरीको प्रस्ताव र कृष्णभक्त पोखरेलको समर्थनमा उम्मेदवारी दर्ता गराएकी हुन् |

कांग्रेस सचेतकसमेत रहेकी भुसालले नेकपा माओवादी केन्द्रका देवप्रसाद गुरूङ प्रस्तावक र एकीकृत समाजवादीकी लक्ष्मीकुमारी चौधरीको समर्थनमा मनोनयन दर्ता गराएकी हुन्।

 

भुसाल २०७४ चैतमा भएको उप सभामुखको चुनावमा एमालेकी शिवमाया तुम्बाहाङ्फे सँग परजित भएकी  थिइन् |

तत्कालीन उपसभामुख शिवमाया तुम्बाहाङ्फेले ६ माघ २०७६ मा राजीनामा दिएपछि संसद्मा  उपसभामुख पद रिक्त रहेको थियो |

संविधानमा सभामुख र उपसभामुख फरक दल र लिंगको हुनुपर्ने प्रावधान छ |

संसदमा प्रष्ट बहुमत भएकाले सत्तारूढ पाँचदलीय गठबन्धनकी साझा उम्मेदवार पुष्पा भुसाल उपसभामुख हुने  लगभग पक्का देखिन्छ |

फेसबुक प्रतिक्रियाहरु