बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • काँग्रेसबाट काठमाडौँ महानगरपालिकाको मेयरमा सिर्जना सिंहको मनोनयन दर्ता
समाचार

काँग्रेसबाट काठमाडौँ महानगरपालिकाको मेयरमा सिर्जना सिंहको मनोनयन दर्ता

जुनेली न्युज,१२ वैशाख काठमाडौं |

नेपाली काँग्रेसकि उम्मेदवार सिर्जना सिंहले  काठमाडौं महानगरपालिकाको मेयरमा मनोनयन दर्ता गराएकी छन् |

सोमबार दिउँसो राष्ट्रिय सभागृहस्थित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उनले मनोनयन दर्ता गराएकी हुन् |  आफूले निर्वाचन जितेमा गृहिणी भत्ता र विधुर भत्ताको व्यवस्था गर्ने, ज्येष्ठ नागरिकका लागि अस्पताल सञ्चालन गर्ने  लगाएतका योजना रहेको उनले  बताइन् |

उनले काठमाडौं बाहिरका नागरिकका लागि रोजगारीको व्यवस्था गर्ने, कामकाजी महिलाका छोराछोरीका लागि डे केयर स्कुल सञ्चालन गर्ने पनि बताईन |

आफू प्रकाशमान सिंहको पत्नी मात्र नभई उनीसँग चिनजान अघिदेखि प्रजातन्त्र प्राप्तीको आन्दोलनमा लागेको पनि नेतृ सिंहको भनाई छ |

 

फेसबुक प्रतिक्रियाहरु