बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • जिल्ला तहमा भइरहेको बाँडफाँटप्रति नेपालको असन्तुष्टि
समाचार

जिल्ला तहमा भइरहेको बाँडफाँटप्रति नेपालको असन्तुष्टि

जुनेली न्युज,१० बैशाख काठमाडौँ |

पाँच दलीय गठबन्धनबीच जिल्ला तहमा भइरहेको स्थानीय तहको सिट बाँडफाँटप्रति नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले असन्तुष्टि जनाएका छन् |

नेपाल कम्युनिष्ट पार्टीको स्थापना दिवसको अवसर शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै  उनले जिल्ला तहको रिपोर्टले आफूहरू सन्तुष्ट   नभएको  बताए |

 

“पाँच दलीय गठबन्धनबीच महानगरपालिका र उपमहानगरपालिकामा गरिएको पदहरूको बाँडफाँट उत्साहवर्द्धक थियो र यसले राम्रो सन्देश पनि दिएको छ तर विभिन्न जिल्लाको रिर्पोटहरू सुन्दाखेरी त्यति आशावादी उत्साही हुने स्थिति छैन,” उनले बताए |

२०७४ सालको स्थानीय तह निर्वाचनमा एमालेले जितेको ठाउँमा आफ्नो पार्टीको पहिलो हक र दाबी लाग्ने सहमति भए पनि त्यसअनुसार बाँडफाँट नभएको भन्दै उनले असन्तुष्टि व्यक्त गरेका हुन् |

 

फेसबुक प्रतिक्रियाहरु