शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • मोबाइल, निजि गाडी, चुरोट, रक्शी लगाएतमा बैंकले एलसी नखोल्ने
आर्थिक

मोबाइल, निजि गाडी, चुरोट, रक्शी लगाएतमा बैंकले एलसी नखोल्ने

जुनेली न्युज, २७ चैत काठमाडौँ |

निजी गाडी, ड्राई फूड, फर्निचर, चुरोट, रक्सी, सजावटका सामग्री, पर्फ्युम, मोबाइल लगायत सामाग्री आयातका लागि वाणिज्य बैंकहरुले प्रतितपत्र (एलसी) नखोल्ने भएका छन् | राष्ट्र बैंकले अत्यावश्यकबाहेक सामग्रीका लागि एलसी नखोल्न मौखिक निर्देशन दिएको करिब  एक सातापछि वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघले आइतबार उक्त निर्णय गरेको हो |

“संघको अर्को बैठकले निर्णय नगर्दासम्मका लागि निजी गाडी, ड्राई फुड, फर्निचर, चुरोट, रक्सी, सजावटका सामाग्री, पर्फ्युम, मोबाइललगायत सामाग्री आयातका लागि एलसी नखोल्ने निर्णय भएको छ,” बैठकमा सहभागी एक बैंकका प्रमुख कार्यकारी अधिकृतले भने |

बैंकहरुले राष्ट्र बैंकको निर्देशनपछि गत साता नै गाडी लगायत कम आवश्यक र विलासिता वस्तुका लागि एलसी नखोल्न आफ्ना शाखाहरुलाई निर्देशन दिइसकेका थिए |  तर उक्त विषयमा बैंकर्स संघले औपचारिक निर्णय गरिसकेको  भने थिएन | सोही कारण आइतबार संघले औपचारिक रुपमै अर्को सातासम्मका लागि उल्लिखित वस्तुका लागि एलसी नखोल्ने निर्णय भएको स्रोतले बताएको छ | यो निर्णय पछि बैंकहरुले उल्लिखित वस्तु आयातका लागि एलसी खोल्ने छैनन् |

बैंकहरुका गतिविधि राष्ट्र बैंकले शुक्ष्म रुपमा नियमन गर्ने र निर्देशन पालना नभए कारवाही गर्ने चेतावनी पनि राष्ट्र बैंकले दिएको थियो | उक्त निर्देशनपछि बैंकहरुले तोकिएका वस्तुका लागि एलसी नखोलेको स्रोतले जनाएको छ |

 

फेसबुक प्रतिक्रियाहरु