मङ्लबार, बैशाख ४, २०८१
  • होमपेज
  • जंगलमा भेटिएको बस्तु आगोमा हाल्दा विस्फोट, एक जना घाइते
दुर्घटना/अपराध

जंगलमा भेटिएको बस्तु आगोमा हाल्दा विस्फोट, एक जना घाइते

जुनेली न्यूज, २७ चैत |

 

 

काभ्रेको बनेपा नगरपालिका–२ जंगलमा भेटिएको बस्तुलाई  घरमा ल्याएर आगोमा हाल्दा पड्केर स्थानीय एक जना घाइते भएका छन् |  बिष्फोटक पदार्थ बिस्फोट हुँदा स्थानीय मोहन विक घाइते भएका हुन् |

बिस्फोटक पदार्थ पड्केर विकको अनुहार र हातमा चोट लागेको प्रहरीले जनाएको छ | नेपाली सेनाले फायरिङ अभ्यास गर्ने जंगलबाट विकले उक्त बस्तु ल्याएको अनुमान प्रहरीले गरेको छ |

उनलाई उपचारका लागि अस्पताल लगिएको प्रहरीले जनाएको छ |घटनास्थलमा प्रहरी पुगेको र थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी काभ्रेले जनाएको छ |

फेसबुक प्रतिक्रियाहरु