जुनेली न्युज, २६ चैत काठमाडौँ |
नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा. शशांक कोइरालाले चुनाब खर्च अत्यन्तै महंगो हुँदै गएको बताएका छन् | खर्चकै कारणले गर्दा चुनाव लड्न नसकिने अवस्था आएको उनले बताए |
नेविसंघ इलाम काठमाडौं सम्पर्क मञ्चले शनिबार आयोजना गरेको कार्यक्रममा बोल्दै कोइरालाले आफ्नो निर्वाचन क्षेत्रमा चुनाव लड्न कोही आएमा छोडिदिने घोषणा गरे |
आफूले पहिलोपटक निर्वाचन लड्दा ८० हजार रुपैयाँ खर्च गरेका उनले दोस्रोपटक चुनाव लड्दा तीन करोड र गएको प्रतिनिधिसभामा निर्वाचित हुँदा ६ करोड खर्च भयको बताए | कोइराला नवलपरासी क्षेत्र नम्बर १ गयाकोटबाट तीन पटक निर्वाचित भएका हुन् |
“चुनाव खर्च त घट्दै जानुपर्ने होइन, झन् झन् बढिरहेको छ, किन बढ्दै गएको हो,” उनले भने |
अब पनि उक्त क्षेत्रमा निर्वाचन लड्दा अब पनि ६/७ करोड खर्च गर्नैपर्ने देखिएको कोइरालाले बताए |
”पहिलो चुनावमा मलाई त्यहाँ कसैले चिन्दैनथे, नयाँ थिएँ, चिनिसकेपछि त मूल्य घट्नुपर्ने हो नि,” कोइरालाले भने।
फेसबुक प्रतिक्रियाहरु