मङ्लबार, बैशाख ४, २०८१
  • होमपेज
  • निर्बाचन आचारसंहिता आज बाट लागु हुदै
Uncategorized

निर्बाचन आचारसंहिता आज बाट लागु हुदै

हेलिकप्टर प्रयोग गर्न पाइने साइकल प्रयोग गर्न नपाइने

जुनेली न्युज, २५ चैत काठमाडौँ |

बैशाख ३० गते देखि हुने स्थानीय चुनाबको आचार संहिता आज मध्यरातिदेखि लागु हुने भएको छ | निर्बाचन आयोगले आज मध्यराति देखि निर्बाचन को दिन सम्मको लागि आचारसंहिता लागु गर्न लागेको हो |

आचार संहिता लागु भएपछि कुनैपनि कार्यक्रम गर्न  स्थानीय प्रशासन र प्रहरी लाई  ७२ घण्टा अगाडीनै जानकारी दिनु पर्छ| यसैगरी योजनाको शिलान्यास, उदघाटन, सर्वेक्षण लगायतका काम, कुनै कर्मचारी नियुक्ति, सरुवा, पदस्थापन लगायतका काम गर्न पनि पाइँदैन, गर्नै परे पनि  निर्वाचन आयोगको अनुमति लिनुपर्ने कुरा आचारसंहितामा उल्लेख गरीएको छ |

प्रचार प्रसारका लागि हेलिकप्टर प्रयोग गर्न पाइने  तर दुई दलका मुख्य प्रचारकमात्र हेलिकप्टरमा हुनुपर्ने,  तर साइकल, रिक्सा, ठेलागाडा,बयलगाडा, टाँगा  लगायतका सवारी साधन चुनाव प्रचारमा प्रयोग गर्न भने नपाइने निर्वाचन आचार संहितामा उल्लेख गरिएको छ |

 

दलको निर्वाचन चिह्न, झण्डा अंकित लोगो, स्टिकर, कपडा, टोपी, भेस्ट, टिसर्ट, ज्याकेट, कमिज, गम्छा, ब्याच, मास्क, लकेट, झोला लगायत पनि बोक्न हुँदैन । तर उम्मेदवारले ‘ए–फोर’ आकारको कागजमा आफ्नो व्यक्तिगत विवरण खुलाएर वितरण गर्न भनेमिल्ने छ |  निर्वाचन प्रचारप्रसारको काम पनि  बिहान ८ बजेदेखि साँझ ७ बजेसम्म मात्र गर्न पाइन्छ ।

फेसबुक प्रतिक्रियाहरु