शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • “गोकर्णेश्वोरलाई समृद्ध सहर बनाउने सपना सहित मेयरमा दावी गरेको हुँ ” -दिपक रिसाल
गोकर्नेश्वोर बिशेष

“गोकर्णेश्वोरलाई समृद्ध सहर बनाउने सपना सहित मेयरमा दावी गरेको हुँ ” -दिपक रिसाल

जुनेली न्युज, काठमाडौँ | चैत २४

आउदो स्थानीय चुनावको लागि काठमाडौं जिल्ला गोकर्णेश्वर नगरपालिकाको मेयरमा दिपक रिसालले दाबी गरेका छन् । अहिले नेपालि काँग्रेस काठमाडौँ क्षेत्र नं ३ का सचिब समेत रहेका रिसालले यसपालि मेयरमा उम्मेदवार बन्ने घोषणा गरेका  हुन् |

रिसालले २०७४ सालको स्थानीय निर्वाचनमा पनि मेयरमा दावी गरेका थिए | ९ वटै वडाबाट पहिलो नम्बरमा नाम शिफारिस भएपनि हालका मेयर सन्तोष चालिसेले अर्को पटक नउठ्ने वचनबद्धता गरेकाले सहमतिमा मेयरको दावी छोडेका थिए |

“अघिल्लो चुनाबमा मैले सहयोग गरे, अबको चुनाबमा मलाई सहयोग गर्नुपर्छ”  रिसालले भने ‘म राजनीति गतिविधिसँगै समाजसेवामा पनि तेतिकै खटेको छु, सामाजिक कार्य गरेको कारणले गर्दा जनताको सर्वासाधरणको मन जितेको छु त्यसैले चुनाब जित्ने कुरामा ढुक्क रहेको उनको भनाइ छ |

दीपक रिसाल गोकर्णेश्वर नगरपालिका वडा नं ९ आरुबारी निवासी हुन् । उनी जनताको सुखदुखमा सधैं सहभागी भएका छन् । नगरपालिकाको प्रमुख सल्लाहकारको भूमिकामा रहेर उनले नगरपालिकाका कार्यक्रम तथा योजना निर्माण र कार्यान्वयनमा पनि भूमिका खेलेका छन् जसले गर्दा थप लोकप्रियता कमाएका छन् ।

कुनै व्यक्ति एक चोटी एक पदमा रहेर आफ्नो क्षमता देखाई सकेपछी आउने नयाँ व्यक्तिलाई स्थान दिने बानीको बिकास पार्टी भित्र हुनु पर्ने रिसालको भनाइ छ |

मेयर भए पछी के के गर्ने भन्ने बिस्तृत रुपमा योजना पनि बनाइ सकेको छु, नगरपालिकालाइ कसरि संचालन गर्ने, कस्तो हुनु पर्छ, बिकाश निर्माण, शिक्षा र स्वास्थ्यलाई निःशुल्क बनाउने, रोजगारीको सिर्जना गर्ने, लगायतका कुराहरुमा छुट्टै योजना रहेको पनि उनले बताए |

गोणर्केश्वर नगरपालिकालाई धार्मिक, पर्यटकीय र नयाँ समृद्ध सहर बनाउने आफ्नो सपना रहेको  रिसालको भनाइ छ । ‘म कार्यकारी भूमिकामा नभए पनि नगरपालिकाको विकास तथा जनताको सेवाका लागि भूमिका खेलेकै छु । अब भने मेयर बनेर अझ बढी काम गर्न चाहना छ,’ उनले भने ।

२०४६ सालदेखि कांग्रेसको राजनीतिमा लागेको बताउने उनी राजनीतिका साथै सामाजिक, धार्मिक, खेलकुदका साथै शिक्षा र स्वास्थ्य क्षेत्रका गतिविधिमा पनि सक्रिय छन् । उनी अरुणोदय माध्यमिक बिधालय व्यवस्थापन समितिका अध्यक्ष तथा गोकर्णेश्वर महादेव मन्दिर व्यवस्थापन समितिका पूर्व अध्यक्ष हुन् । उनी गोकर्णेश्वर महादेव मन्दिर पुनर्निर्माण समितिको महासचिव पनि हुन् ।

यो पालिको चुनाबमा कुनै हालतमा पनि मेयरको दावी नछोड्ने उनको प्रतिबद्धता रहेको छ |

फेसबुक प्रतिक्रियाहरु