शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • काँग्रेसबाट रोशन बाबु श्रेष्ठ गोकर्नेश्वोर नगरपालिका वडा नं ४ को वडा सदस्यमा दाबी
गोकर्नेश्वोर बिशेष

काँग्रेसबाट रोशन बाबु श्रेष्ठ गोकर्नेश्वोर नगरपालिका वडा नं ४ को वडा सदस्यमा दाबी

जुनेली न्युज, काठमाडौँ | २२ चैत 

काँग्रेसबाट रोशन बाबु श्रेष्ठको गोकर्नेश्वोर नगरपालिका वडा नं ४ को वडा सदस्यमा दाबी   रहेको छ | नेपाली काँग्रेस काठमाडौँ क्षेत्र नं ३ गोकेर्नेश्वोर नगरपालिका वडा नं ४ का सह सचिब रहेका श्रेष्ठको वडा सदस्यमा दाबी रहेको छ |

 

लामो समय देखि विभिन्न सामाजिक क्षेत्रमा लागेका कुशल सामाजिक व्यक्तित्व एवम्  व्यवसायी  रोशन बाबु श्रेष्ठको बैशाखमा हुने स्थानीय निर्बाचनमा गोकर्नेश्वोर न. पा वडा ४ बाट सदस्यको लागि आफु योग्य रहेको घोषणा गरेका हुन् |

 

सामाजिक कार्यमा सधैँ अगाडी सर्ने श्रेष्ठ लकडाउनको बेलामा सामाजिक काममा निकै  सक्रिय रहेका थिए |

लामो समयदेखि सामाजिक क्षेत्रमा सक्रिय श्रेष्ठ लायन्स क्लबमा पनि आबद्ध छन् | उनि गोकर्ण बचत तथा ऋण सहकारीका संचालक तथा विभिन्न रास्ट्रिय तथा अन्त रास्ट्रिय संघ संस्थाहरुमा क्रियाशील रहेका छन् |

 

ब्यवसायिक क्षेत्रमा लामो समय देखि लागेका श्रेष्ठ बाबा गोकर्नेश्वोर को सचिब र  एल.पी ग्याँस तथा मदिरा व्यवसायी हुन् |

 

 

 

फेसबुक प्रतिक्रियाहरु