बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • प्रधानमन्त्रीद्वारा चोभार सुख्खा बन्दरगाह उद्घाटन
विकास निर्माण

प्रधानमन्त्रीद्वारा चोभार सुख्खा बन्दरगाह उद्घाटन

जुनेली न्युज, काठमाडौँ

 

प्रधानमन्त्रीले बहुप्रतिक्षित चोभार सुख्खा उद्घान गरेका छन् | डिजीटल लक लगाएर बिरगंजबाट आएको मालवहक कन्टेनर बन्दरगाहमा प्रबेश गराई देउबाले उद्घाटन गरे संगै बन्दरगाह संचालन मा आएको हो |

गत असारमा निर्माण सम्पन्न भएको चोभारको सुख्खा बन्दरगाह हालसम्म सञ्चालनमा आउन सकेको थिएन | काठमाडौंका व्यवसायीको आयात तथा निर्यात सहजीकरणका लागि चोभारमा सुख्खा बन्दरगाह बनाइएको हो |

 

दुई सय २० रोपनी क्षेत्रफलमा बनेको बन्दरगाहमा पाँच सय ट्रक पार्किङ ठाउँ रहेको छ | त्यस्तै, परियोजनाअन्तर्गत पाँच सयसम्म कन्टेनर राख्न मिल्ने गरी यार्ड बनाइएको छ |

 

समितिका निर्देशक गजुरेलका अनुसार चार वटासम्म कन्टेनर खप्टिएर राख्न सकिने गरी कन्टेनर यार्ड बनाइएको छ | बन्दरगाहमा सवारी साधन प्रवेशका लागि ठूला तीन वटा गेट बनाइएको छ |

फेसबुक प्रतिक्रियाहरु