शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • रामचन्द्र पौडेलको नेतृत्वमा सत्ता गठबन्धनको चुनाबी तयारी र अनुगमन समिति
समाचार

रामचन्द्र पौडेलको नेतृत्वमा सत्ता गठबन्धनको चुनाबी तयारी र अनुगमन समिति

जुनेली न्युज,

काठमाडौँ

सत्तारुढ गठबन्धनको बालुवाटारमा बसेको बैठकले नेपाली काँग्रेसका  वरिष्ठ नेता रामचन्द्र पौडेलको नेतृत्वमा चुनाबी तयारी र अनुगमन समिति गठन गरेको छ |

 

आज बिहान ९ बजे बालुवाटारमा बसेको गठबन्धनको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउबा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड,नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जसपा संघिय परिषद अध्यक्ष बाबुराम भट्टराई लगाएतका नेता सहभागी भएका थिए |

 

 

आजको बैठक ले स्थानीय चुनाबमा पौडेलको नेतृत्वमा तयारी र अनुगमनको लागि पाँच दल क प्रतिनिधि रहने गरि समिति गठन गरेको हो |

समितिको सदस्यहरूमा कांग्रेसबाट महामन्त्री गगन थापा र सञ्चारमन्त्री ज्ञानेन्द्र कार्की सदस्य छन् |

 

यस्तै माओवादीबाट नेता वर्षमान पुन र देवप्रसाद गुरूङ सदस्य छन् भने एकीकृत समाजवादीबाट बेदुराम भुसाल र विजय पौडेल सदस्य छन् |

जसपाबाट अशोक राई र रेणु यादव सदस्य छन् | राष्ट्रिय जनमोर्चाबाट हिमाल पुरी सदस्य छन् |

फेसबुक प्रतिक्रियाहरु