शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • नयाँ बर्षको उपलक्ष्यमा बाम्ती भण्डारमा खेलकुद प्रतियोगिता हुदै,
रामेछाप बिशेष

नयाँ बर्षको उपलक्ष्यमा बाम्ती भण्डारमा खेलकुद प्रतियोगिता हुदै,

खुल्ला पुरुष फूटबल तथा महिला र पुरुष म्याराथन र दौड प्रतियोगिता हुने

जुनेली न्युज ,

२२ चैत ,रामेछाप

रामेछापको रामेछापको बाम्तीभण्डारमा नयाँ बर्षको अबसरमा खुल्ला पुरुष फूटबल तथा महिला र पुरुष म्याराथन र दौड प्रतियोगिता हुने भएको छ |

उमाकुण्ड गाँउपालिका वडा २ को आर्थिक सहयोगमा सिर्जनशील उमाकुण्ड स्टार युवा क्लबले चैत २९ देखि २०७९ बैशाख ३ गते सम्म प्रतियोगिता संचालन हुने प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ |

प्र्तियोगितामा सहभागिता जनाउन चाहने जुनकुनै टोलीले पनि जनाउन सक्ने तर सहभागि हुने टोलि आधिकारिक निकायमा दर्ता भएको हुनु पर्ने कुरा सूचनामा उल्लेख गरिएको छ |

खेलमा सहभागी हुने टोलीमा व्यवस्थापक र प्रशिक्षक सहित १५ जना हुनुपर्ने छ | जसमा ११  जना खेल खेल्ने खेलाडी र ४ जना बैकल्पिक खेलाडी हुनु पर्ने कुरा सूचनामा उल्लेख गरिएको छ |

लिगकम नकाउट आधारमा (फिफाको नियम) अनुसार खेलाइने उक्त प्रतियोगिताको अन्तिम दर्ता मिति चैत २८ अपरान्ह ४ बजे सम्म रहेको छ |

फूटबलमा  प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुने ले क्रमशःनगद रु  ७१ हजार १ सय ७१, ५१ हजार १ सय ५१, ३१ हजार १ सय ३१ र २१ हजार १ सय २१ को साथमा मेडल र प्रमाण पत्र प्राप्त गर्ने छन |

म्याराथन पुरुष ५ किलोमिटर मा प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशःनगद रु ७ हजार ,४ हजार र २ हजार को साथमा प्रमाण पत्र र  पुरुष १०० मिटर दौड मा प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशःनगद रु ३ हजार,२ हजार र १ हजार को साथ मा प्रमाण पत्र प्राप्त गर्ने छन |

मिनी म्याराथन महिला १५०० मिटर मा प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशःनगद रु ५ हजार  , ३ हजार र १ हजार को साथ मा प्रमाण पत्र र महिला १०० मिटर दौड मा प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशःनगद रु ३ हजार,२ हजार र १ हजार को साथ मा प्रमाण पत्र प्राप्त गर्ने छन |

पुरुष फूटबल प्रतियोगिताको टिम दर्ता शुल्क रु ५ हजार लाग्ने सुचनामा उल्लेख गरिएको छ | म्याराथनमा पुरुष तर्फ दर्ता शुल्क रु ५ सय र महिला तर्फ रु ३ सय र दौड मा महिला र पुरुष दुवै तर्फ रु  २ सय  लाग्ने सुचनामा उल्लेख गरिएको छ |

 

फेसबुक प्रतिक्रियाहरु