बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • त्रिदेशीय सिरिजको उपाधि नेपाललाई
समाचार

त्रिदेशीय सिरिजको उपाधि नेपाललाई

जुनेली न्युज काठमाडौँ,

काठमाडौँ मा जारी त्रिदेशीय सिरिजको फाइनलमा  नेपालले पपुवान्यूगिनीलाई५० रन ले हराउदै उपाधि जितको हो |

टस हारेर  ब्याटिंग को निम्तो पाएको नेपालले २० ओवर खेल्दै ६ विकेट गुमाएर १६८ रन बनायो | नेपालका लागि दिपेन्द्र शिंह ऐरीले सर्बाधिक ५४ रन बनाए भने करण के.शि ३३,आसिफ शेख २९,कुशल भुर्तेल२५ र आदील अन्सारीले १५ रनको योगदान दिए | पीनजीको लागि सेमो कमा ले ३ विकेट लिए |

१६९ रनको लक्ष्य पाएको पीनजी १७औं ओभरमा ११८ मा अल आउट भयो | पीनजीका लागि सेसे बाउले सर्बाधिक ५९ रन बनाए |  बलिंगमा नेपाल क तर्फबाट दिपेन्द्र शिंह ऐरी ४,करण के.शि ३ र सन्दिप लामीछानेले २ विकेट लिए |

नेपाल, मलेशिया र पीनजी बीच भएको सिरिजमा मलेशिया ४ खेलमा ३ खेल हार्दै बाहिरिएको थियो |

फेसबुक प्रतिक्रियाहरु