जुनेली न्युज
रामेछाप,
मन्थली नगरपालिका रामेछापले २० हजार भन्दा बढी नगरबासीको मिर्गौला परीक्षण गरेको छ | मन्थली नगरबासी लाई लक्षित गरी निःशुल्क मिर्गौला परीक्षण गराउने नेपालको पहिलो नगरपालिका हो | गत पुस ११ देखि फागुन मसान्तसम्म सञ्चालन भएको उक्त अभियानमा मन्थली नगरका १४ वडामा बसोबास गर्ने २० हजार भन्दा बढीले मिर्गौला परीक्षण गराएका छन् |
मन्थली नगरपालिकामा ५१ हजार जनसंख्या छ | नगरपालिकाले ६ वर्षभन्दा माथिका सबै नगरवासीलाई परीक्षणमा सहभागी गराएको थियो | प्रमुख प्रशासकीय अधिकृत लीलाराज पौडेलका अनुसार नगरका करिब ३५ हजार नागरिकको परीक्षण गर्ने लक्ष्य लिइएकोमा ओमिक्रोनका कारण लक्ष्यभन्दा केही कम परीक्षण हुन सकेको हो |
यो स्वास्थ्य क्षेत्रकै लागि एउटा विशिष्ट काम रहेको नगर प्रमुख रमेशकुमार बस्नेतले भने |मुलुकमा रहेका ७ सय ५३ स्थानीय तहमध्ये मन्थलीले मात्र मिर्गौलाको अभियानको रूपमा निःशुल्क परीक्षण गराएको छ | उनले परीक्षणलाई आगामी दिनमा नगरपालिकाले निरन्तरता दिनुपर्ने बताएका छन् |
फेसबुक प्रतिक्रियाहरु