जुनेली न्युज
१८ चैत काठमाडौँ,
प्रधानमन्त्री शेरबहादुर देउबा आज दिउँसो ५० सदस्यीय टोलि सहित भारत को औपचारिक भ्रमणमा जाँदै छन |पाँचौपटक प्रधानमन्त्री भएका देउबाको यो पहिलो भारत भ्रमण हो |
प्रधानमन्त्री देउवा आज तिन दिने भ्रमणका लागि भारतको राजधानी नयाँदिल्ली प्रस्थान गर्नेछन् | भ्रमण टोलीमा चार मन्त्रीसहित ५० सदस्य रहेको परराष्ट्र मन्त्रालय स्रोतले बतायो | भ्रमण टोलीमा परराष्ट्र, ऊर्जा, कृषि र स्वास्थ्यमन्त्री लगायत रहेका छन् |
भारत भ्रमण क्रममा प्रधानमन्त्री देउवाले बिजुली आयात निर्यात, रासायनिक मलको सहज आपूर्ति, सीमा विवाद लगायतका विषयमा छलफल गर्ने तयारी रहेको छ | तर पनि परराष्ट्र मन्त्रालयले भ्रमणको एजेण्डा बारे केहि बताएको छैन |
प्रधानमन्त्री देउवाले १९ गते भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्ने कार्यक्रम छ । सोही अवसरमा दुवै देशका प्रधानमन्त्रीले भर्चुअल माध्यमबाट जनकपुर जयनगर रेल सेवाको संयुक्त रुपमा उदघाटन गर्ने कार्यक्रम छ ।
फेसबुक प्रतिक्रियाहरु