शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • सुन्दरीजलमा टिपरको ठक्कर बाट २ को मृत्यु, १ घाइते ।
दुर्घटना/अपराध

सुन्दरीजलमा टिपरको ठक्कर बाट २ को मृत्यु, १ घाइते ।

जुनेली न्युज

१६ चैत काठमाडौँ ,

गोकर्णेश्वर नगरपालिका-१ सुन्दरीजलमा बा४ख ६९६५ नम्बरको टिपरले बा५१प ८७३३ नम्बरको मोटरसाइकललाई ठक्कर दिदा २ जना बालिकाको घटनास्थलमा नै  मृत्यु भएको छ भने मोटरसाइकल चालक गम्भीर घाइते भएका छन  ।

स्थानीय वर्ल्ड युथ इन्टरनेसनल स्कुलमा अध्ययनरत ८ बर्षीय सृष्टि र ४ बर्षीय श्रेया  बिद्यालय जाने क्रममा उनीहरु चढेको मोटरसाइकललाई टिपरले ठक्कर दिएको हो । मोटरसाइकलमा छोरीहरु लाई बस स्टेशन सम्म पुर्याउन बाबु रोहन घिसिंग गएका थिए ।

मोटरसाइकल टिपरसँग ठक्कर खाएपछि दुई बालिका हुत्तिएर टिपरको पांग्रामा परेका थिए ।

घटनामा घिसिंग पनि गम्भीर घाइते भएको प्रहरी वृत्त बौद्धले जनाएको छ ।

चालकले टिपर ब्याक गरेर दुवै छोरीलिन किचेको घिसिंग को आरोप छ ।घाइते घिसिंगको हाल नेपाल मेडिकल कलेज अत्तरखेलमा उपचार भइरहेको छ ।

घटना पछी टिपर चालक फरार भएका छन ।

फेसबुक प्रतिक्रियाहरु