बुधबार, बैशाख ५, २०८१
  • होमपेज
  • हुम्लाका वडा अध्यक्षलाइ भ्रस्टाचार मुद्धा
Breaking News

हुम्लाका वडा अध्यक्षलाइ भ्रस्टाचार मुद्धा

१० चैत, जुनेली न्युज, काठमाडौँ । अख्तियार दुरुपयोग अनुसनधान आयोगले हुम्लाको सर्केगाड गाउँपालिका-३ का वडाध्यक्षसहित ४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

औषधि खरिदका लागि आएको रकम हिनामिना गरेको आरोपमा वडाध्यक्ष गजबहादुर रावतसहित ४ जना विरुद्ध अख्तियारले विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।
वडाध्यक्ष रावतले औषधि खरिदका लागि आएको रकममध्ये केही रकमको औषधि खरिद गरेको र बाँकी रकम हिनामिना गरेको अख्तियारको आरोपपत्रमा उल्लेख छ ।

गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत यज्ञेश्वर पाण्डे, स्वास्थ्य संयोजक सन्तोष धामी र तत्कालिन लेखापाल सुरतबहादुर रेग्मीको समेत संलग्न देखिएकोले उनीहरुविरुद्ध पनि मुद्दा दायर गरिएको अख्तियारले बताएको छ ।
उनीहरुमाथि ८ लाख रुपैयाँ हिनामिना गरेको भन्दै विगो असुल उपर साथै अधिकतम कैद सजायको मागदावी गर्दै अख्तियारले आरोपत्र दायर गरेको छ ।

फेसबुक प्रतिक्रियाहरु