मङ्लबार, बैशाख ४, २०८१
  • होमपेज
  • कांग्रेस नेता कुन्दन काफ्लेको नेतृत्वमा शैलुङमा स्वास्थ्य सामग्री सहयोग
Breaking News

कांग्रेस नेता कुन्दन काफ्लेको नेतृत्वमा शैलुङमा स्वास्थ्य सामग्री सहयोग

नेपाली कांग्रेस शैलुङ गाउँपालिकाले प्रत्येक वडामा स्वास्थ्यसामग्री सहयोग गरेको छ ।

नेपाल विद्यार्थी संघका नेता सुसान्त तामाङको अग्रसरतामा अक्सिजन सिलिन्डर, पीपीइ सेट, अक्सोमिटर, थर्मोगन लगायत विभिन्न स्वास्थ्य सामग्री बाँडिएको हो ।

युवा नेता कुन्दन काफ्ले, गाउँपालिका पार्टी सभापती दावा दोर्जे लामा लगायत विभिन्न नेतागणको सहयोगमा स्वास्थ्य सामग्री बाडिएको नेता तमाङले जुनेली न्युजलाई बताए । ‘यसैगरी हामी आगामी दिनमा पनि निरन्तर सेवामा खटिरहने छौँ‘, तमाङले भने ।

विगत लामो समयदेखि यो समुह जनसेवामा खटिँदै आएको छ ।

फेसबुक प्रतिक्रियाहरु