बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • एमाले-माओवादी परित्याग गरि कांग्रेस प्रवेश गर्नेको लर्को, शनिबारमात्र २३ प्रवेश
समाचार

एमाले-माओवादी परित्याग गरि कांग्रेस प्रवेश गर्नेको लर्को, शनिबारमात्र २३ प्रवेश

तिनपाटन गाउँपालिकाका अध्यक्ष कर्ण थापा मगरले कम्युनिष्टले विकासमा विभेद गरेको आरोप लगाएका छन् । शनिबार नेपाली कांग्रेस तिनपाटन गाउँपालिका कार्यसमितिद्वारा आयोजित पार्टी प्रवेश कार्यक्रममा थापाले कम्युनिस्टले आसेपासे केन्द्रित विकास योजना बनाएको आरोप लगाएका हुन् ।

‘कम्युनिस्टले विकासमा विभेद गरेर समुदायमा विभाजनको रेखा कोरेका छन् र आफ्ना आसेपासे केन्द्रित योजना बनाएर ‘आसेपासे पुजीवाद’को विकास गरेका छन्,’ थापाले भने , ‘जनताले बहुमतमा पुर्‍याएका कम्युनिस्टले सुशासन र समृद्धिको गफदिदै सत्ताको लुछाचुँडीमा लागेर आफ्नै वस्त्र खोलेका छन् ।’

थापाले थप भने, ‘आफुले नेतृत्व गरेको तिनपाटन सरकारले किसान, युवा, महिला, दलित, जनजाति र पिछडिएका समुदायको उत्थानको लागि हरपल सक्रिय छु । यहाँको हरेक नागरिकको जिवनस्तर उकास्न र हरेकलाई ॠणमुक्त गराएर आत्मनिर्भर नागरिक बनाउने सपना लिएर लागिरहेको छु ।’

नेपाली कांग्रेसका गाउँपालिका सभापती सोमप्रसाद घिमिरेले सबै नवप्रवेशीहरुलाई स्वागत गर्दै पालिकाको चौतर्फी सांगठनिक गतिविधिमा उर्जा सहित सहभागी हुन आग्रह गरे । ‘आगामी स्थानीय निर्वाचनमा तिनपाटन गाउँपालिकामा नेपाली कांग्रेस दुइतिहाइले विजय हुन्छ। त्यसैले नवप्रवेशी साथीहरुलाई उर्जासहित सक्रिय सहभागीता जनाउन आग्रह गर्दछु’ , उनले भने ।

त्यस्तै, युवा नेता मुकेश घिमिरेले देशव्यापी रुपमा भइरहेको यस्ता कार्यक्रममा काङ्ग्रेस प्रवेश गर्नेहरुको लर्को लाग्नुनै कम्युनिस्ट सर्वसत्तावादको पराजयको प्रमाण भएको बताए । उनले भने, ‘देशभर काङ्ग्रेस प्रवेश गर्नेहरुको लर्को लाग्नुनै कम्युनिस्ट सर्वसत्तावाद पराजित भएको प्रमाण हो ।’

कार्यक्रमका अतिथि नानीराम कार्कीले कम्युनिष्टलाई छाल बेच्ने ठगको संज्ञा दिएका छन् । उनी भन्छन् , ‘कम्युनिस्ट नेपालमा ठगको ठेगदार रहेको र कम्युनिस्टबाट जनताले ठगिनु बाहेक अर्को उपलब्धि हासिल गर्न सकेको छैन।’

शनिबार तीनपाटन-११ हलिडाँडामा गाउँपालिका पार्टी सभापति सोम प्रसाद घिमिरेको सभापतित्वमा आयोजित उक्त कार्यक्रममा २३ जनाले नेता-कार्यकर्ताले विभिन्न पार्टी परित्याग गरि नेपाली काङ्ग्रेस प्रवेश गरेका हुन् ।

फेसबुक प्रतिक्रियाहरु