शुक्रबार, चैत्र १६, २०८०
साहित्य

नारीलाई कसले देवी बनायो ?

कवि: पाबेल पोख्रेल 

नारी भएर आमा
मलाई किन जन्मायौ ?
तिमीलाई थाहा थियो
छोरीको इज्जत लुटिन्छ भन्ने

आमा
मलाई किन बिद्यालय पठायौ
मेरो गुरुले नराम्रो व्यवहार गर्छ भन्थेनि अामा
बिध्या नै तेरो धन हो भन्दै पठायौ
मलाई मेरो अस्मिता प्यारो थियो
आमा
मलाई किन अन्कलको मा पठायौ
भ्रुण हत्या गरेको भए हुन्थ्यो आमा
यो दिनहु चोट खानु भन्दा
म बिरामी भएको बेला किन औषधि खुवायौ

आमा
बरु मर्न दिएको भए हुन्थ्यो नि
अस्पताल लानु भन्दा
पाल्यौ,बढायौ, त्यति सम्म त ठिक छ
आमा
एसिड हाल्छन भन्नि थाहा पाँउदै
किन राम्रि बनायौ
छोरी को छोरी हुने उमेर कहिले हो भन्देउन आमा
चार वर्षमा आफ्नो इज्जत गुमाउछु
आमा भनन
तिमी त नारी होउ नि
अनि किन मलाई जन्मायौ
पाल्यौ बढायौ संगै बस्न मन छ

आमा
पराइको घर जान्न भन्दा
पहिले जन्मायौ, अनि फेरि अन्मायौ
मेरो खुसी किन बुझ्यनौ आमा
पराइ घर नजाने
मलाई किन दाइजो मा थन्कायौ
दाइजो दिन सकेनौ आमा
मलाई मर्न बाध्य बनायौ
भगवान बोल्थे भने सोच्थ्ये आमा
मलाई किन महिनावारी हुने बनायौ
छाउ गोठमा बस्दिन भन्दाभन्दै
त्याहि बस्न बाध्य बनायौ
बुढेसकालमा पनि मेरो इज्जत लुटिन्छ

आमा
के नारी हुनु अभिषाप हो र
यदि हो भने भन्देउ न आमा
नारीलाई कसले देेेवी बनायो  ?

फेसबुक प्रतिक्रियाहरु