बिहिबार, बैशाख ६, २०८१
  • होमपेज
  • मन्दिर उद्घाटन समारोहमा सहभागी हुन निर्माण समितिको अपिल
आर्थिक

मन्दिर उद्घाटन समारोहमा सहभागी हुन निर्माण समितिको अपिल

४ चैत,

काठमाडौ । ओखलढुंगाको चम्पादेवी गाउँपालिका स्थित वडा न. ५ को दक्षिणकाली मन्दिर निर्माण समिति परिवारले चम्पादेवी बासीलाई मन्दिर उद्घाटन समारोहमा सहभागी हुन अपील गरेको छ ।

भुकम्पले क्षतिग्रस्त मन्दिरको पुनःनिर्माणको कार्य सम्पन्न भएको भन्दै निर्माण समिति परिवारले चैत ९ गतेको लागि मन्दिर प्राङ्गणमा उपस्थित हुन स्थानीय बासीलाई अनुरोध गरेको हो ।

नेविसंघ, ओखलढुंगाको जिल्ला सदस्य मनोज बुढाथोकीका अनुसार मन्दिर प्राङ्गण बाँसबोटेमा हुने उक्त कार्यक्रम विभिन्न नेतागण सहित कलाकारहरुको भव्य प्रस्तुति रहने छ । उनले भने, ‘ हामीले हास्यव्यङ्ग्य कलाकार देखि विशिष्ट व्यक्तित्वहरुलाई पनि निम्त्याएका छौँ ।’

यस मन्दिर २०७२ सालको भुकम्पका कारण क्षतिग्रस्त भनेको थियो ।

फेसबुक प्रतिक्रियाहरु