शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • नेबिसंघ छात्रा विभागको महिला हिंसा विरुद्द बिरोध र्याली
समाचार

नेबिसंघ छात्रा विभागको महिला हिंसा विरुद्द बिरोध र्याली

नेपाल विद्यार्थी संघ पशुपति बहुमुखी क्याम्पस छात्रा विभागले भोलिको नारी दिवसको अवसर पारेर महिला हिंसा विरुद्ध बिरोध र्याली गरेको छ ।

वलत्कारीलाई फाँसी दे, महिला हिंसा अन्त्य गर लगायतका नारा लगाउँदै र्याली चाबिहल चोक परिक्रमा गरि क्याम्पसको प्राङ्गणमा पुगेर सभामा परिणत भएको हो ।

कार्यक्रममा उपस्थित नेतृ सुस्मा पाण्डेले , ‘भागरथी, निर्मलाका वलत्कारी खोइ ? ‘ भन्दै सरकारलाई प्रश्न गरेकी छिन् । उनले जुनेली न्युजसँग कुरा गर्दै अब महिलाहरुले कसैको दासता स्वीकार्न नसक्ने बताएकी हुन् ।

त्यस्तै नेतृ अलिसा दुलालले महिला हिंसाको शिकार जोकोही पनि हुनसक्ने भएकाले त्यसैको खबरदारी स्वरुप भएको यो र्याली गरिएको बताएकी हुन् । ‘ भोलीको शिकार को हो थाछैन, त्यसैले त्यस्ता घटनामा कमी आउन् भनेर हामीले सरकारलाई खबरदारी गरेका हौँ ‘ , उनले भनिन् ।

छात्राहरुले चाबहिल चोकमा पुगेर बेलून उडाई साङ्केतिक बिरोध समेत गरेका हुन् ।

फेसबुक प्रतिक्रियाहरु