शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • अहिले नै काङ्ग्रेस सरकारमा जानुहुन्न- विद्यार्थी नेता सुसान्त तामाङ
समाचार

अहिले नै काङ्ग्रेस सरकारमा जानुहुन्न- विद्यार्थी नेता सुसान्त तामाङ

१३ फागुन, काठमाडौं । संसद पुनःस्थापन भएपछिको पछिल्लो अवस्थालाई चित्रित गर्दै नेबिसंघका नेता सुसान्त तामाङले काङ्ग्रेसलाई सरकारमा नजान सुझाव दिएका छन् ।

उनले फेसबुक मार्फत एक स्टाटस जारी गर्दै अन्त्यमा कुनै विकल्प नै नभएको अवस्थामा मात्रै सत्तामा जानुपर्ने बताएका हुन् ।

‘ अन्तिममा कुनै विकल्प भएन भने एउटा कुरा, नत्र जननिर्वाचित प्रतिपक्षी बनेको काङ्ग्रेसले सत्तामोह देखाउनु उचित हुन्न, ‘ नेता तामाङले लेखेका छन् ।

उनको स्टाटसको पुर्णपाठ यस्तो छ ;

‘ संसद पुनर्स्थापना भएपछी सत्ता समीकरण कसरी गर्ने भनेर सबै दलभित्र व्यापक बहस चलिरहेको बेला काङ्ग्रेस पनि यसबाट टाढा रहने कुरै भएन । त्यसैले आज पदादिकारी बैठक बस्दै छ ।

तर काङ्ग्रेसले के गर्ने ? अबको काङ्ग्रेसको बाटो के ?

मलाई लागेको कुरा चाहिँ , काङ्ग्रेस तत्काल सरकारमा जाने कुरा गर्नुहुन्न । अन्तिममा कुनै विकल्प भएन भने एउटा कुरा, नत्र जननिर्वाचित प्रतिपक्षी बनेको काङ्ग्रेसले सत्तामोह देखाउनु उचित हुन्न । जनताले प्रतिपक्षीमा बस् भनेर पठाएको काङ्ग्रेसले ५ वर्षसम्म त्यही भुमिकामा बस्नु नै जनताको निम्ति न्यायीक हुन्छ ।

यदि काङ्ग्रेसले जनमतको सम्मान स्वरुप प्रतिपक्षीमा बस्छ भने काङ्ग्रेसको गरिमा थप उच्च हुनेथियो । र हामी जस्ता काङ्रेसी युवाहरुलाई पनि झनै उर्जा मिल्नेथियो ।

आशा छ , काङ्ग्रेस अतिआवाश्यक वा संबैधानिक संकट नआएको अबस्थासम्म सरकारमा जाँदैन । ‘

फेसबुक प्रतिक्रियाहरु