बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • कांग्रेसले बोलायो केन्द्रीय कार्यासमिति बैठक
समाचार

कांग्रेसले बोलायो केन्द्रीय कार्यासमिति बैठक

२ फागुन,

काठमाडौं | नेपाली कांग्रेसले महाधिवेशनको मिति सार्ने विषयमा छलफल गर्न फागुन ५ गते बुधबार केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आइतबार एक विज्ञप्ति जारी गर्दै बुधबार दिनको २ बजे पार्टीको केन्द्रीय कार्यालय, बी.पी. स्मृति भवन, ललितपुरमा केन्द्रीय कार्यसमिति बैठक बस्‍ने जानकारी गराएका हुन् ।

कांग्रेसले आगामी शुक्रबार पार्टीको १४ औं महाधिवेशनको उदघाटन गर्ने गरी कार्यतालिका सार्वजनिक गरेको थियो । तर कोभिड-१९ महामारीका कारण त्यस अनुरुप काम हुन नसकेपछि महाधिवेशनको मिति सार्न कांग्रेसले केन्द्रीय कार्यासमिति बैठक बोलाएको हो ।

बैठकमा कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीले गत पुस ५ गते गरेको प्रतिनिधि सभा विघटनविरुद्ध गरेको तेस्रो चरणको आन्दोलनको समिक्षासमेत गर्नेछ ।

फेसबुक प्रतिक्रियाहरु