शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • वृहत नागरिक आन्दोलनको अगुवाईमा सिंहदरबार महिला मार्च
समाचार

वृहत नागरिक आन्दोलनको अगुवाईमा सिंहदरबार महिला मार्च

३० माघ,

काठमाडौं । बसन्तपुरमा आज दिउँसो भिडको बीचमा एकाएक देखिए सेता पोसाक लगाएका मलामी । खटमा शव थियो, अनि चार काँध खट बोकेर अघि बढ्दै थिए बसन्तपुर देखि भद्रकालीसम्म ।

त्यो भिड थियो, वृहत नागरिक आन्दोलनले आयोजना गरेको सिंहदरबार महिला मार्चमा सहभागीहरुको। अनि त्यहीँ भित्रका थिए सेतो पोसाक लगाएर खट बोक्नेहरु पनि ।

मार्चमा सहभागीका अनुसार पछिल्लो समयमा बढिरहेको बलात्कार र महिला हिंसाका घटनामा राज्यले बेवास्ता गरेपछि वृहत नागरिक आन्दोलनको अगुवाईमा सिंहदरबार महिला मार्च भएको हो । उनीहरुले भने, ‘ बलात्कार र महिला हिंसाका घटनाका विरुद्ध सडकमा प्रतिकात्मक शव र मलामीसहितको मार्चपास गरेका हौँ ‘।

कलिलो उमेरमै यौन पिपासुहरु बाट बलात्कृत भएर ज्यान गुमाएका निर्मला पन्त अनि भागरथी भट्ट जस्ता चेलीको साङ्केतिक शव सिंहदरबारलाई देखाउने नागरिक अगुवाहरुको उद्देश्य थियो।

तर सुरक्षाकर्मीले उक्त मार्चलाई भद्रकालीबाट अगाडि बढ्न नदिएपछि उनीहरूले त्यहीँ सभास्थल बनाएर शव बिर्सजन गरे।

फेसबुक प्रतिक्रियाहरु