मङ्लबार, बैशाख ४, २०८१
  • होमपेज
  • पाँच लाख डोज खोप नेपाललाई दिने चीनको प्रतिबद्धता
समाचार

पाँच लाख डोज खोप नेपाललाई दिने चीनको प्रतिबद्धता

माघ २४,

काठमाडौं | चिनियाँ राजदूतावासले शनिबार प्रेस नोट जारी गरी नेपाली अधिकारीहरूसँग समन्वय भइरहेको भन्दै चाँडै खोप आपूर्ति हुने बताएको छ । चीनले नेपाललाई दिने घोषणा गरेको पाँच लाख डोज कोभिड–१९ खोप चाँडै आपूर्ति गर्ने प्रतिबद्धता व्यक्त गरेको हो ।

परराष्ट्रमंत्री प्रदीप ज्ञवालीसँग चिनियाँ स्टेट काउन्सिलर वाङ यीले शुक्रबार टेलिफोन संवादमा कोभिड–१९ खोप उपलब्ध गराउने घोषणा गरेका थिए । टेलिफोन संवादमा दुवै परराष्ट्रमन्त्रीले द्विपक्षीय सम्बन्धमा भएका प्रगतिका बारेमा छलफल गरेको चिनियाँ दूतावासले जनाएको छ ।

दूतावासका अनुसार नेपाल सरकारलाई चिनियाँ खोप खरिदका लागि सहजीकरण गर्ने पनि परराष्ट्रमन्त्री यीले वचन दिएका थिए । ‘फरक आकार र राजनीतिक सामाजिक प्रणाली भए पनि नेपाल र चीनले एक–अर्काको सार्वभौमिकता, अखण्डतामा सम्मान गर्दै आएका छन् र सुख–दुःखमा साथ दिँदै असल सम्बन्धको उदाहरण प्रस्तुत गर्दै आएका छन्’ दूतावासले भनेको छ ।

चीनले विश्व स्वास्थ्य संगठनको आग्रहमा विकासशील मुलुकहरूका लागि एक करोड डोज खोप उपलव्ध गराउने भएको छ ।

फेसबुक प्रतिक्रियाहरु