मङ्लबार, बैशाख ४, २०८१
  • होमपेज
  • निशा निराकारका चार गजलहरु
साहित्य

निशा निराकारका चार गजलहरु

  • निशा निराकार 
मेरो अरू केही चाहना छैन जिन्दगी सँग
बस सामाना गर्न सिकोस् हर चुनौती सँग ।।
तिमी दीलमा बस्यौ गएउ केही भन्नू छैन
चौतारो कहिल्यै गुनासो गर्दैन यात्री सँग ।।
यहाँ धनी हुन आमा बेच्नेहरूको कमी छैन
नरिसाउ बाँच्नकै लागि माग्ने भिखारी सँग ।।
राति रूने आँखा खुसी देखिन्छन् अरूबेला
आसुँ सोस्ने कला हुँदो रहेछ सिरानी सँग ।।
आफ्नो मुटु नै सुम्पिएका हुन् पुगेन उसलाई
अझै दाइजोको माग गर्दैछ ससुराली सँग ।।
******
तिमलाई आफ्नो बनाउला भन्ने आश छैन भर छैन
म छोरी मान्छे मलाई जीवनसाथी रोज्ने अवसर छैन ।।
मेरो घर सानो छ, उसको ठूलो छ दुःखी नबनौं
हामी बस्ने भुमि पनि त होचो अग्लो छ समथर छैन ।।
म अरूको रोजाइमा रहेछु भने तेजाव छ्यापिदिन्छन् फेरि
त्यसैले कसैलाई माया गर्ने मन पराउने रहर छैन ।।
मुटु दिन्छु झिकि लिन्छौ कि बस्छौ तिम्रो विचार भो
म सँग तिमलाइ उपहार भनी दिन रूमाल, मफलर छैन ।।
असफलता , अभाव , अनिश्चितता नै जीवन हो साथी
हिम्मत हार्नु हुन्न ठेस नलाग्ने कुनै त्यस्तो सफर छैन ।।
नारी पुरूष सम्मान हुन आरक्षण जरुरी छैन भन्नुहुन्छ
एउटा पत्रिका देखाउनुहोस् जहाँ महिला हिसांको खबर छैन ।।
******
भगवान छैन भन्छन् अरू नमज्जा लाग्छ
मलाई त भगवान हुन् आमा बुबा लाग्छ ।।
तिमी अर्कैको हो बुझेर पनि मन पराउछन्
मन भन्दा नबुझने हुँदा रेछन् आँखा लाग्छ ।।
भोगाइ अनुसारको हुँदो रहेछ बुझाइ पनि
अरू कफन ठान्छन् विधुवालाइ लुगा लाग्छ ।।
कहिले खुसीको संसार अनुभव गर्न पाइन्न
म एक भ्यागुतो हुँ जिन्दगी कुवा लाग्छ ।।
मैले धन होइन तिम्रो मन सँग प्यार गरेकी हुँ
तिमले काचको दिए पनि सुनको बाला लाग्छ ।।
******
ए मनमा बसेको मान्छे मननै जलाए पछि
सम्झ के हुन्छ घरमा आगो लगाए पछि ।।
छोरा नभएसम्म हो छोरीले जन्मिरहनु पर्ने
छोरी नजन्मे पनि हुन्छ छोरा जन्माए पछि ।।
उ भगवान् हुदैनन् भन्ने विश्वास गर्दो रहेछ
मैले सोचेँ छुट्टैन साथ कसम खाए पछि ।।
हामी उहीँ भगवानले वरदान दिनुहुन्छ सोच्छौ
जो धन्यवाद सम्म भन्दैन्न भेटी चढाए पछि ।।
सायद धर्म गर्न चाहेन्न मारिदिए पराईले
माइतीले मारे पाप पाले पुण्य भन्दै पठाए पछि ।।

फेसबुक प्रतिक्रियाहरु