शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • बलेरोको ठक्करबाट सप्तरीमा एकको मृत्यु
दुर्घटना/अपराध

बलेरोको ठक्करबाट सप्तरीमा एकको मृत्यु

माघ २१,

सप्तरी । सप्तरीमा बलेरोको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ। मृत्यु हुनेमा मोरङ रंगेली नगरपालिका-८ का ३७ वर्षीय भीमराज राजवंशी हुन्।

बुधबार बिहान साढे ११ बजे को१ज ३१९९ नम्बरको बलेरोले लु२५प ५७१२ नम्बरको मोटरसाइकललाई भारदहस्थित पूर्वपश्चिम राजमार्गमा ठक्कर दिँदा राजवंशीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

मृतकको शव पोस्टमार्टमका लागि गजेन्द्र नारायण सिंह अस्पताल राजविराज पठाइएको छ। बलेरो गाडी र चालक जिल्ला धनकुटा पाख्रिबास नगरपालिका-४ का तोर्ण निरौला प्रहरीको नियन्त्रणमा छन् ।

फेसबुक प्रतिक्रियाहरु